कोरोना संक्रमित ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौँ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएका रायमाझीको रिपोर्ट पोजिटिभ आएको हाे ।

कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्