भारतमा कोरोनाविरुद्ध सामाजिक सञ्जाल अभियान सक्रिय



नयाँदिल्ली, (इन्डिया न्युज नेटवर्क नेपाल) ।

कोरोना महामारीका कारण सिर्जित वर्तमान विषम परिस्थितिमा हजारौं मानिस संक्रमणको कारण आफ्ना प्रियजनहरूलाई गुमाइरहेका छन् । यस्तोबेला केही व्यक्तिहरू तथा गैर–सरकारी संगठनहरू ले महत्वपूर्ण भूमिका निभाइरहेका छन् । तिनीहरूले डिजिटल च्यानलहरू मार्फत सबैलाई सक्दो सहयोग प्रदान गरिरहेका छन् ।

भारतीयहरूलाई सामाजिक संजालमार्फत भइरहेको सहयोग प्रशंसनीय रहेको छ ।त्यसमध्ये पनि पूरा भारतमा ७० व्यक्ति को एक समूहले अस्पताल को शै्यया, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, औषधि, भोजन र अन्य आवश्यक संसाधनहरूलाई खोज्न र उपचार सहायता पु-याउन एकजुट भएर काम गरिरहेका छ । यो ‘टास्क फोर्स कोरोना’ ७० सदस्यीय एक समूह हो । यसमा अंकुश पेरीवाल, राम मित्तल, सुमेधा मृदुल, माधुरी, इंशा, अभिषेक र जसप्रीत लगायतका प्रमुख सदस्य रहेका छन्।)पहिलो लकडाउनको समयमा धेरै समस्याहरू थिएनन् । कसैलाई कुनै मद्दत को आवश्यकता पर्दा म भोजन, राशन, र औषधि उपलब्ध गराउन आफैं जान्थें। हामी दिल्ली एनसीआरको विभिन्न क्षेत्रका विभिन्न स्वयंसेवकहरूसाग पनि जुटेका छौं र द्रुत गतिमा सहयोग पु-याइरहेका छौं।’ दिल्ली निवासी एक सदस्य पोद्दारले भनेका छन् ।मार्च २०२१ मा १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा स्थिति गम्भीर भएपछि देश मा अत्यावश्यक संसाधन जस्तै चिकित्सा सुविधा, वा पर्याप्त तयारी को कमी हुन थाल्यो । यो आरोप प्रत्यारोप गर्ने समय होइन, अहिलेको समय भनेको खााचोमा परेकालाई सहयोग गर्नु हो । यही टास्क फोर्सले मद्दत गर्दै आएको छ । हामीलाई सवयमसेवकहरूले चिकित्सा संसाधनहरूको बारेमा सामाजिक सञ्जालमा प्रसारित डेटालाई स्थापित गर्न मद्दत गरिरहेका छन् ।’ पोद्दार बताउाछन् ।

टास्क फोर्स टोलीलाई पनि एकजना लिडरको नेतृत्वमा १५ देखि २० जनाको उप–समूह बनाइएको छ ।एक समूह अक्सिजन सिलिन्डर उपलब्ध गराउन र त्यसलाई फेरि भराउने काम गर्छ । दोस्रो समूहले रेमेड्सविर उपलब्ध गराउन काम गर्छ । तेस्रो समूहले आईसीयू र शैय्या उपलब्ध गराउन काम गरिरहेका छ् । अन्य केहि भोजन, आरटी–पीसीआर, र डाक्टरहरूको लागि टेलीफोन वार्ताका लागि काम गरिरहेका छन्।मुख्य दल ’टास्क फोर्स कोरोना’ दिल्लीमा रहेको छ । यसले देशभरबाट टाढा–टाढाबाट आएका अनुरोधलाई सम्हाल्ने काम गरिरहेको छ । यो समूह सामाजिक संजालमा प्रसारित हुने सबै नम्बरसाग सम्पर्क स्थापित गर्न र खााचोमा परेकालाई सीधा सहायता प्रदान गर्न यथाशक्य लागिरहेको छ ।यसैक्रममा २२ अप्रिलमा प्रहरी अधिकारी अरुण बोथराले अक्सिजन सिलिन्डरसम्बन्धी एक प्रश्न सोध्दै एक ट्वीट गरे । सो ट्वीटको बारे जानकारी पाउनेबित्तिकै पोद्दार र उनको टिमले केही समयमा नै समस्यामा परेकालाई अक्सिजन सिलिन्डर उपलब्ध गरायो ।

पछि बोथराले पोद्दार र उनको टीमलाई विषम समयमा सहयोग दिएकामा धन्यवाद दिए ।त्यसैगरी, सहायक प्रहरी आयुक्त लक्ष्य पांडे टिमसाग मिलेर खााचोमा परेकालाई मेडिकल सप्लाई बााड्ने काम गरिरहेका छन्। यस टिमले प्रहरीसंग पनि राम्ररी समन्वय गरेर सेवा गर्दैछ । साथै, यसको सहयोग सुकुम्बासी क्षेत्रहरूमा पनि विस्तारित भएको छ ।तर, टास्क फोर्स कोरोना’ चौबिसै घण्टा सेवामा उपलब्ध भए पनि दिनरात हरेक समय आउने कारणले कहिलेकाही स्थिति नियन्त्रण बाहिर जाने गरेको बुझिएको छ । त्यसैले, टिमको रणनीति ‘वन पर्सन वन क्वेरी ’ मा आधारित छ । अर्थात एक व्यक्ति केवल एक प्रश्न हल नहुन्जेल लागिरहने र हल भएपछि मात्र अर्को प्रश्नमा अगाडि बढ्ने ।

अन्य गंभीर मामिलामा बाहेक यदि घरमा सबै कोरोना पोजिटिभ देखिएमा सर्वसाधारणलाई घरमा आवाश्यक सामग्री ल्याउन पनि समस्या भोगिरहेका छन् । टास्क फोर्स कोरोनाले यस मुद्दालाई पनि उठाएका छन् । उदाहरणका लागि दिल्लीमा कार्यरत टिमका सदस्य अंकुश पेरीवालले घर घरमा गइ भोजन, औषधि, सैनिटाइजÞर र अन्य आवश्यक संसाधन उपलब्ध गराउादै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्