आज माओवादी केन्द्रको स्थायी समिति बैठक



न्युज अफ नेपाल,काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए।

आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ। मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो।

प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्