सिटीलाई ‘काराबाओ’ कपको उपाधि



लन्डन, (एजेन्सी)

इङ्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजनको काराबाओ कप (ईएफएल कप) को उपाधि जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा सिटीले प्रिमियर लिगको प्रतिस्पर्धी टोटनह्याम हट्सपरलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि पोल्टामा पारेको हो ।

टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा भएको फाइनल खेलमा सिटीले विजयी गोल खेलको अन्तिम समयमा गरेको थियो । खेलमा सिटीले एकपक्षीय पकड राखे पनि गोलका लागि भने ८२औं मिनेटसम्म कुर्नुपरेको थियो ।सिटीका युवा खेलाडी एमेरिच लापोर्टेले हेडिङमार्फत गोल गरेर टिमलाई जित दिलाएका थिए । सिटीका डच मिडफिल्डर केभिन डे ब्रुयेनेले मैदानको माथिल्लो क्षेत्रबाट हानेको फ्रिकिक प्रहारमा डिबक्समा रहेका लापोर्टेले फ्रिहेडरमा बललाई सोझै जाली चुमाएका थिए ।

जितसँगै सिटीले यो सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । सिटीका लागि यो कीर्तिमानी उपाधिसमेत हो । उक्त उपाधि सर्वाधिक ८ पटक जित्ने सिटी एक्लो टिम बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले लगातार पाँचौंपटक यो उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्