जगदम्बा मोटर्सद्वारा प्रोटोन एक्स ७० भर्चुअल लञ्च गर्दै



काठमाडौं, (नेस) । 

जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षितमोडल ‘प्रोटोन एक्स ७०’ वैशाख १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रम सोही दिन दिउँसो ४ बजे प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गई त्यहाँ दिइएको द न्यु प्रोटोन एक्स ७० भर्जुअल लन्च इभेन्टमा क्लिक गरी गोइङ अथवा इन्टेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ । साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीलाई विभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ।

‘प्रोटोन एक्स ७०’ फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको आ“खाको जस्तै आकार भएको एलईडी हेडलैम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरूफतथाकिक सेन्सरको साथपावर टेलिगेट जस्ता अन्यआकर्षक फिचर्स हरु रहेका छन् जसले यसलाई अरुभन्दा फरक र आकर्षक बनाउँछ । त्यस्तै ८ इन्चको ठूलो स्क्रीन,स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्