मनीग्राम र ईसेवा मनी ट्रान्स्फरबीच साझेदारी



काठमाडौं, (नेस)  । 

मनीग्राम इन्टरनेसनलले ई सेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्ने भएको छ । यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकले सिधैं बैंक खाता वा ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा शुरु भइसकेको छ भने इसेवा वालेट पनि शुरुवातको तयारीमा छ ।

६५ भन्दा धेरै बैंक तथा वित्तीय संस्था जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्रायः सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्तामाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि कोसेढुङ्गा हुनेछ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लाीग संसारकै उच्च प्राप्तकर्ताहरुमध्ये एक हो । सन् २०१९ मा मात्र ८ दशमलव २५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्