सहायक श्रीमान्ले मा-यो बाजी



राजधानीमा आयोजित नवौं नेपाल अफ्रिकाफिल्म फेस्टिबल २०२१ मा गणेश पाण्डेद्वारा निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्रसहायक श्रीमान् (को हजबेन्ड) उत्कृष्टठहरिएको छ। बृत्त चित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलामा जारी बहुपति प्रथामा केन्द्रित थियो।

त्यसैगरी, कथानक फिल्मतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित आमा उत्कृष्ट भएको छ। फिल्म बृद्ध आमाबुबालाई वृद्धाश्रममा राख्नेहरूको कथामा आधारित थियो। डकुड्रामातर्फ माधवराज खरेलद्वारा निर्मित एवम् निर्देशित दुर्गा माण्डु उत्कृष्ट भएको छ। यो वृत्त चलचित्रमा सुदूरपश्चिममा अझै कुप्रथाको रूपमा रहेको छाउपडी समस्यामा आधारित थियो। तीनै फिल्मलाई जनही ५ हजाररुपैयाँसहित आदिम पुरस्कार प्रदान गरिएको छ।कलेज अफजर्नालिजम एन्ड मास कम्युनि केशनद्धारा आयोजितनवौं संस्करणको महोत्सव शुक्रबारदेखि आइतबारसम्म चलेको थियो। समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुकइ थोपियाका कन्सुलेट राजेन्द्र गिरीले महोत्सबले नेपालमा फिल्ममार्फत अफ्रिकालाई चिनाउन ठुलो सहयोग पु-याएको बताए। फिल्म निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले अफ्रिकनफिल्म धेरै माथिभएकाले हामीले उनीहरूको फिल्मबाट धेरै सिक्ने अवसर पाएको बताए।आइतबार नै महो

त्सवमा नेपाली र अफ्रिकन फिल्मका चुनौतीबारे बहस भएको थियो। बहसमाराजेश थापाले नेपाली फिल्मको विगतदेखि अहिलेसम्मको अवस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकाथिए। अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली फिल्म र तीका समस्याबारे कार्यपत्र प्रस्तुत गरे। अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेकाथिए।महोत्सबबाट आफूहरूले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्थाकलेज अफजर्नालिजम एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले बताइन्। महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारी बीच सामाजिक दूरी कायम गरेर आफूहरू महोत्सव सम्पन्न गर्न सफलभएको बताए। महोत्सबमा नेपालका ७ र अफ्रिकाका ८ फिल्म प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्