ओस्कारमा नोमाल्याण्ड अब्बल



श्वकै प्रतिष्ठित मानिने ओस्कार एकेडेमी अवार्डको ९३औं सस्करण हालै सम्पन्न भएको छ।अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा सम्पन्न अवार्ड यसपटक कोरोना महामारीको बीचपहिलो पटक भर्चुअल रूपमा सम्पन्न गरिएको होे। समारोहमा फिल्म नोमाल्याण्डको वर्चश्व रहन पुग्यो। यस फिल्मले सर्वोत्कृष्ट फिल्म निर्देशक र अभिनेत्रीको अवार्ड चुम्यो भने अभिनेताको अवार्ड फिल्मद फादरको लागि एन्थनीह किन्सले चुमे। फिल्म नोमाल्याण्डबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्ने लो झाओ ओस्कारमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुम्ने दोस्रो तथापहिलो अश्वेत महिला हुन्।

समारोहमा फिल्म जुडस एन्ड द ब्ल्याक मसिहबाट सह–अभिनेताको अवार्ड डेनियलकलुयाले चुम्दा सह—अभिनेत्रीको अवार्ड फिल्म मिनारीबाट युन यु जंगले चुमिन्। जुडास एन्ड द ब्ल्याकमसीहमा समावेश फाईट फर युबोलको गीत सर्वाेत्कृष्ट सावितभयो। अन्तराष्ट्रिय फिचर फिल्मको अवार्ड एनादर राउन्डले जित्दा एनिमेटेड फिचर फिल्मको अवार्ड सोलले, एनिमेटेड शर्ट फिल्मको अवार्ड इफएनिथिङ ह्यापेन आई लभ युले, लाइ भएक्सन आर्ट फिल्मको अवार्ड टु डिस्टेन्ट स्ट्रेन्जर्सल, डकुमेन्ट्री शर्ट सब्जेक्टको अवार्ड कोलेटले र डकुमेन्ट्री फिचर फिल्मको अवार्ड माई अक्टोपस टिचरले चुमेको छ भने एडप्टेड स्क्रिनप्लेको अवार्ड द फादरले चुम्यो। यसैगरी, छायांकारको अवार्ड फिल्मम्याकबाट एरिक मेसेर्स मीडटले चुमे भने भिजु अलइफेक्टको अवार्ड फिल्मटेनेटले र सम्पादनएवं ध्वनीको अवार्ड फिल्म साउन्ड अफ मेटलले जित्यो।

प्रतिक्रिया दिनुहोस्