आठ अस्पताललाई जापानको सहयोग



काठमाडौं, (नेस)

नेपालको ८ वटा अस्पताललाई जापानले करिब १ अर्ब ९ करोड ६० लाख रुपियाँबराबरको सहायता उपलब्ध गराएको छ ।अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार जापानले उक्त सहायता उपलब्ध गराउनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रअनुसार जापानले मानव अंग प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्र, मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र कान्ति अस्पताललाई उक्त सहयोग उपलब्ध गराइनेछ ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उक्त सहयोग ती अस्पतालमा नसर्ने रोगहरूको निदान र उपचारका लागि आवश्यक उपकरणको मर्मतसम्भार र नयाँ उपकरण खरिदका लागि उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्