ध्यान किन गर्ने?



ध्यानलाई धेरैले आ–आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ । कुनै विषयमा एकाग्रता कायम गर्नु नै ध्यान हो । ध्यानले मनमा भएका नकारात्मक कुराहरुलाई सकारात्मकरुपमा रुपान्तरण गरी मनलाई शान्त राख्ने काम गर्छ ।

ध्यानले मानिसलाई कुनै कुराप्रति एकाग्रता हुन सहयोग गर्नुका साथै तनावमुक्त बनाउने गर्छ । यस्तै तनावको बेलामा मस्तिष्कमा कोटिसिल नामक केमिकल उत्पादन हुने गर्छ । जसले मस्तिष्कलाई कमजोर बनाउने गर्छ । तर ध्यानको बेलामा हाम्रो मस्तिष्कमा सेरोटोनोलाइट भन्ने रसायन निस्कने गर्छ, जसले मानिसलाई तनावमुक्त गराउन ठूलो सहयोग गर्छ । ध्यानले मानिसलाई तनावमुक्त गराउने हुँदा मानिसमा रक्तचाप, मुटुमा कुनै पनि प्रकारको समस्या देखा पर्न दिँदैन । यसका साथै ध्यानले शरीरको मेटाबोलिजलाई समेत राम्रो गराउने गर्छ ।

धेरैले ध्यान भन्नेबित्तिकै आँखा चिम्लिएर, पलेटी बसेर गर्ने चलन छ । तर ध्यान जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ । ध्यान आँखा चिम्लिएरै गर्नुपर्छ भन्ने पनि छैन । ध्यान गर्न पलेटी मारेर बस्नुपर्छ भन्ने पनि छैन । शरीरको अवस्था हेरी सहज तरिकाले कुर्सी या म्याटमा बसेर पनि ध्यान गर्न सकिन्छ । तर ध्यान गर्दा हाम्रो मेरुदण्डलाई भने सीधा राख्नुपर्छ । ध्यान यति नै समय गर्नुपर्छ भन्ने निश्चित समय अवधि नहुने हुँदा आफूलाई मिल्ने समयमा जति समय पनि गर्न सकिन्छ । दैनिक कम्तीमा पनि ५ मिनेट ध्यान गर्नु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । तर ध्यान जति धेरै समय गर्न सक्यो त्यति नै मानिसमा तनाव कम हुने, कुनै पनि विषयमा एकाग्र हुन सहयोग पुग्ने हुन्छ ।
– सुजन उप्रेती, चितवन ।

प्रतिक्रिया दिनुहोस्