कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख १५ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ । वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्