सशस्त्र प्रहरीले बाँड्यो कम्बल



न्युज अफ नेपाल, सुर्खेत ।

सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वार्ड न। १० र ११ घुमखहरे लौरीदमारमा रहेका अति विपन्न बादी समुदायका १५ घर परिवारलाई कम्बल बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधीकारी हिरालाल रेग्मीले उक्त कम्बलहरु वितरण गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल नेपालको कर्णाली प्रदेश स्तरिय प्रस्तावित तालिम शिक्षालय निर्माणको लागि विस्थापित हुने विपन्न बादी समुदायका १५ घर परिवारलाई प्रति घर एक गोटा कम्बल वितरण गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले विपन्न समुदायलाई सरकारले सुक्ष्म रुपमासकरात्मक दृष्‍टिकोणले हेरिरहेको हुनाले विस्थापितहरुको नागरपालिकाले उपयुक्त किसिमले व्यवस्थापन गर्ने बताउनु भयो । माघको चिसोमा कम्बलले केही हदसम्म न्यानो गराउन मद्धत गर्ने पनिबताए । ।

“कम्बल प्राप्त हुँदा हामीलाई सरकारले हेर्दैन भन्ने लग्थ्यो आज हे-याे कम्बल प्राप्त गरेपछि विपन्न लालबहादुर बादीले आफ्नो खुशी व्यक्त गरे । स्थानीय बादी अगुवा उजेली बादीले सशस्त्र प्रहरी हाम्रो गाउमा आएकोमा हामी खुशी छौँ, हाम्रो पूर्ण सहयोग रहने प्रतिकृया दिइन् । सो कार्यक्रममा लेकबेशी नागरपालिका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधीकारी रोम महत, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्ट, सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदी, जनस्वास्थ्य प्रमुख चेतन वाग्लेको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्