पैंतिस महिलाका ठग प्रेमी पक्राउ



टोक्यो, (एजेन्सी)

जापानको सोरा न्युज २४ ले ३५ जना महिलालाई एकै पटक डेट्रिङ गर्ने ताकासी मियागावा नामक एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ती पीडित महिला समूहले उजुरी दिएपछि उनी गिरफतारीमा परेका हुन् ।

पार्ट टाइम काम गरेर जीविका चलाउने उनले महँगा महँगा उपहार र पैसा थुत्नका लागि यति धेरै संख्यामा प्रेमिका बनाएका थिए । उनले सबैसँग आफू प्रेममा निकै आशक्त भएको नाटक गर्ने गर्दथे ।उनको नाटक, बहानाबाजी र बेइमानी बुझिेपछि ती सबै महिला स्कजुट भएका थिए ।

वर्षभरि नै उपहार तथा पैसा पाइराख्न उनले सबैलाई आफ्नो जन्मदिनको छुटाछुटै तिथि दिएको पनि स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनले सत सबै महिलाबाट एउटा सुटलगायत २ सय पाउन्ड बराबरको अन्य उपहार प्राप्त गरेको बताइएको छ । उनले आफूले फसाएका सम्पूर्ण एकल महिलालाई विभिन्न रेस्टुरेन्ट र पार्कमा लाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्