बिहीबारदेखि काठमाडौं उपत्यकामा ‘लकडाउन’ घोषणा

अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने



न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ।कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाख १६ गतेदे निषेधाज्ञा लगाउने निर्णय   भएकाे हाे ।

निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्। बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ।

 

प्रतिक्रिया दिनुहोस्