म्यान्मारका जनरल मिनले आसियानमा भाग लिने



यांगुन, (एजेन्सी)

गत १ फेबु्रअरीमा सैनिक विद«ोह गरी म्यान्मारको सत्तामा पुगेका जुन्ता सरकारका प्रमुख जनरल मिन आंग लाइंगले पहिलोपटक देशको प्रतिनिधित्व गर्दै औपचारिक विदेश भ्रमण गर्ने भएका छन् । जनरल मिंगले इन्डोनेसियामा आयोजना हुन लागेको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय निकाय आसियानको बैठकमा भाग लिने म्यान्मारको सञ्चार माध्यमले जनाएको छ ।

म्यान्मारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्ट र सुकीको नेसनल लिग फर डेमोक्रेसीका थुप्रै वष्ठि नेताहरूलाई हिरासतमा लिएर सेनाले सत्ता हत्याएको थियो । सो घटनायता सेनाविरुद्ध गरिएका विरोध प्रदर्शनको दौरान म्यान्मारमा सात सय जनाभन्दा बढि मानिसको ज्यान गइसकेको छ । सेनाले गत वर्षको नोभेम्बरमा भएको आमनिर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सो कदम चालेको थियो । यद्यपि, सेनाले आफ्ना आरोप पुष्टि हुने कुनै प्रमाण पेस गर्न सकेको थिएन ।इन्डोनेसियाको राजधानी जाकार्तामा हुने सो बैठकमा पहिलोपटक म्यान्मारको सो राजनीतिक समस्यामाथि अन्तर्राष्ट्रिय जगतले सम्बोधन गर्ने मौका पाउने भएको छ । यस आसियान समूहका १० वटा सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले यस बैठकमा भाग लिँदै छन् ।

मानवाधिकारवादी अभियनताहरूले जाकार्तामा जनरल मिनको उपस्थितिविरुद्ध विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् । म्यान्मारमा सेनाको कदमलाई लिएर कारबाही गर्ने वा नगर्ने भन्नेबारे आसियानभित्रै सदस्यहरूबीचको मनस्थिति विभाजित अवस्थामा पुगेको बताइएको छ ।संयुक्त राज्य अमेरिकालगायत थुप्रै युरोपली मुलुकले म्यान्मारको सैनिक सरकारको विरोध गर्दैै मुलुकमा प्रजातन्त्र पुनस्र्थापनाका लागि दबाब दिएका छन् । तर, चीनले भने यो म्यान्मारको आन्तरिक मामिला भन्दै कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्