जानीजानी अरूलाई कोराना सार्ने पक्राउ



म्याड्रिड, (एजेन्सी) 

२२ जना स्वस्थ मानिसलाई कोभिड–१९ सारेको आंशकामा स्पेनमा एकजना पुरुषलाई प्रहरीले गिरफतार गरेको छ । परिचय नखुलाइएका ती व्यक्ति खोकी र ज्वरो आउँदा आउँदै पनि नियमित कार्यालय र जिम जाने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनी माजोर्कास्थित आफ्नो कार्यालयमा मास्क खोल्दै जथाभावी यताउता हिँड्ने गरेका थिए ।

उनले हाकाहाकी खोक्दै आफ्ना सहकर्मीहरूलाई कोरोना भाइरस सारिदिन्छु भन्ने गरेका थिए । उनले भनेजस्तै उनकै कारण कार्यालयका पाँच र जिमका तीन जना व्यक्तिमा भाइरस संक्रमण देखिएको हो । यसैगरी, उनकै कारण संक्रमितका परिवारका अन्य १४ जना सदस्यमा पनि कोरोना पोजिटिभ देखिएका हुन् । तिनमा तीनजना एक वर्षीय शिशुसमेत रहेका छन् ।

प्रहरीका अनुसार ति व्यत्तीmले पीसीआर टेस्ट त गराएका थिए । तर, पीसीआरको परिणाम नआउँदै उनी नियमित कामकाजमा जाने गरेका थिए । तर, उनले संक्रमित बनाइदिएका कुनै पनि व्यक्तिको स्वास्थ्य स्थिति चिन्ताजनक नरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्