आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै



न्यज अफ नेपाल काठमाडौं ।

आज सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे  बस्न लागिएको मन्त्रिपरिषद बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताइएको छ । आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसमा छलफल तथा निर्णय हुनेछ ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण कम्तीमा तीन साता देशभर लकडाउन गर्ने तथा पहाडमा २०० जना र शहरी क्षेत्रमा ५०० जना सक्रिय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

यस्तै, भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने, भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सिफारिससमेत गरेको छ । सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्