पल र अनिशगीताको पछि पछि



गायक अनिस भण्डारीको नयाँ गीत चरीले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।युवा पुस्तामा रुचाईएका संगीतकार राजनति मिल्सिनाद्वारा संगीतबद्द गीतको म्युजिक भिडियोमा गायक स्वयंले नायक पल शाह र मोडल गीता ढुंगानाका साथ अभिनय गरेका छन्। लोक पप मेलोडी चरीलेको म्युजिक भिडियो शान थापाले निर्देशन गरेका छन् भने राजीव समरले कोरियोग्राफी गरेका छन्।

म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। यसअघि गायक भण्डारी र गायक सुगम पोख्रेलको संयुक्त गीतताली ठोकौँला दर्शक श्रोतामा झलोक प्रिय भएको थियो। यस पटकको गीत चरीलेबाट पनि गायक भण्डारीले उत्तिकै आशा लिएका छन्। ‘पहिले जसरी नै यो गीतबाट दर्शक श्रोताको साथपाउनेछु भन्नेमा आशावादी छु। लोक पल मेलोडीमा रहेको यो गीत र यसको भिडियो अहिलेको चलनचल्ती अनुसार तयार गरिएको छ’, अन्यगीतको समेत तयारीमा रहेकाउनले भने, ‘यो गीत जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेको छु।

दर्शक श्रोताको प्रतिक्रियाले नै मलाई गीत संगीतको आगामीयात्रा तय गर्न मद्दत पुग्नेछ।’गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेका भण्डारीले आगामी दिनमा अभिनयमा आफुलाई अघि सार्ने योजना रहेको बताए। यो गीतको भिडियो यूट्युबल गाएतअन्य डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्