कलाकारको मस्ती मुडप्रति श्रुतीको आपत्ती



हाल भारतमा कोरोना महामारिको दोस्रो लहरले बिकराल रुप लिईरहेको छ। भारतमा कोरोना महामारी काबु भन्दा बाहिर गईरहेको छ।
दैनिकतीनलाखभन्दा बढि मानिस संक्रमित भईरहेका छन्। कोरोना संक्रमितको संख्या पनि दिनानु दिन बढ्दो अवस्थामा छ। बलिउडमा कटरिना कैफ, अर्जुन रामपाल जस्ता कलाकार पनि कोरोनाबाट संक्रमित भएका छन्। देशको यस्तो अवस्थामा बलिउडका केही कलाकार भने मस्तिको मुडमा देखिएका छन्। कोरोना महामारीका कारण भारतका विभिन्न स्थानमा लगाईएको लक डाउनलाई कलाकारहरुले भने रमाईलो गर्ने मौकाको रूपमा लिएका छन्। दिपिकापादुकोण, रणवीर सिंह, दिशा पटानी, टाईगर श्राफ, आलिया भट्ट, रणबिर कपुर जस्ता केही कलाकारले माल्दिभ्स पुगेर रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

कलाकारहरुको यस्तो कृयाकलाप बलिउडकी अर्कि अभिनेत्री श्रुति हसनलाई भने मन परेको छैन। महामारीको यो समयमा कलाकारको मस्ती मुडप्रती आलोचनागर्दै एक मिडियासंँगको कुराकानीका क्रममा उनले आक्रोश पोखेकी छिन्। ‘मलाई उहाँहरुको छुट्टी विशेष रहन  पुगेकोमा खुशी लागेको छ। तर व्यक्तिगत रूपमा यो मास्क फुकालेर पुलमा जाने समय हो जस्तो लाग्दैन। यो सबैका लागि मुस्किलको समय हो र केही मानिसको लागि यो समय निकै कष्टकर भईरहेको छ। आफुलाई सजिलै रूपमा मिलेका सुबिधाको उपभोग गर्नु ठिकै छ, तर ती सुविधामाथि टेकेर अरुको मुखमा मार्नु पक्कै गलतहो’ उनले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्