मदनकृष्ण अस्पताल भर्ना



खोप कोभिड सिल्डको पहिलो डोज लिएपनि संक्रमण दखिएपछि ख्याति प्राप्त हास्यव्यग्य अभिनेता मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। गत वैशाख ४ गते आफुसहित परिवारका पाँचैजनालाई कोरोना संक्रमण देखिएपछि परिवारका साथ होम आइसोलेसनमा बसिरहेका मदनकृष्ण कमजोरी महशुष भएपछि ललितपुरेका भैंसे पाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन्।

मदन कृष्णको परिवारमा सबै भन्दा पहिला उनका कलाकार छोरा यमन श्रेष्ठलाई ज्वरो आएको थियो। त्यसको भोलिपल्ट गायिका छोरी सरिनालाई पनिज्वरो आएपछि स्वाब परिक्षण गर्दा मदन कृष्णसँगै उनको छोरा बुहारी, छोरी र नातीनीमा कोरोना संक्रमण देखिएको हो। मदनकृष्णलाई अस्पताल भर्ना गरिए पनि उनको परिवारका बाँकी सदस्यहोम आईसोलेनसनमै बसेका छन्।मदनकृष्णले गत माघ २१ गते आफ्नो  हास्य व्यग्यजोडी अर्का ख्याति प्राप्त अभिनेता हरिवंश आचार्यसँगै कोरोना विरुद्धको पहिलो डोजको खोप लिएकाथिए।

प्रतिक्रिया दिनुहोस्