पत्रकार कोइरालाले बलात्कार गरेको अदालतको ठहर, सजाय टुङ्गो लाग्न बाँकी



न्युज अफ नेपाल, काठमाडौं ।

पत्रकार केदार कोइरालाले बलात्कार गरेको उच्च अदालत पाठनले ठहर गरेको छ । पत्रकार कोइरालाले आफ्नो घरमा सानैदेखि सहयोगको लागि राखिएकी किशोरीलाई जबर्जस्ती करणी गरेको अदालतले ठहर गरेको हो । यसअघि पत्रकार कोइराला जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि रिहा भएका थिए । यद्यपि उच्च अदालत पाटनले भने जिल्ला अदालतको उक्त फैसला उल्टाउँदै कोराईलाले वलात्कार गरेको ठहर गरेको छ ।

उच्च अदालतको इजलास नम्बर ७ का न्यायाधीशद्वय अच्युत विष्ट र डा. नवराज थपलियाको इजलासले जिल्लाको फैसला उल्टाएको हो । ०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेको थियो । कोईराला कति सजाय गर्ने भन्ने विषयको टुङ्गो भने लाग्न बाँकी छ। सजाय यकिन गर्न बैशाख २७ गतेलाई अर्को पेशी तोकिएको अदालतले जनाएको छ। सोहि दिनको निर्णयअनुसार कोइरालालाई वर्ष तोकेर जेल पठाइने अदालत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्