लगानी कर्ताहरूले एक सातामा सवा खर्ब गुमाए



नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारमा भएको उच्च गिरावटका कारण यो साता पुँजीबजारका लगानीकर्ताले सवा रुपियाँ गुमाएका छन् । अघिल्लो साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपियाँ रहेकोमा यस साता करिब १ खर्ब २१ अर्ब रुपियाँ घटेर ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख रुपियाँमा सीमित भएको छ । साताभर नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६४८ बिन्दुमा झरेको छ ।

कुल पाँच दिन कारोबार भएको यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बढेको छ । साताको पहिलो कारोबार दिन ३५ दशमलव ८९ अंक, दोस्रो दिन ३७ दशमलव ५८ अंक र चौंथो दिन ३२ दशमलव ४१ अंकले बजार घटेको थियो भने साताको तेस्रो कारोबार दिन २ दशमलव ६८ अंक र अन्तिम कारोबार दिन १५ दशमलव ८० अंकले बजार बढेको थियो । त्यस्तै साताभर ३२ अर्ब ७९ करोड ४६ लाख रुपियाँको ७ करोड २९ लाख १८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस साता समग्रमा कारोबार रकम बढेको देखिए पनि दैनिक औसत करोबार रकम भने घटेको छ। गत साता दैनिक औसत करिब ८ अर्ब रुपियाँको शेयर किनबेच भएको बजारमा यस साता साढे ६ अर्ब रुपियाँको मात्रै शेयर किनबेच भएको छ । यस साता ठूला कम्पनीहरू कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव ८४ अंक घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ८ अर्ब ८० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो भने दोस्रो दिन ६ अर्ब ७६ करोडभन्दा बढी, तेस्रो दिन ५ अर्ब ५३ करोडभन्दा बढी, चौथो दिन ५ अर्ब ७७ करोडभन्दा बढी र पाँचौ दिन ५ अर्ब ९१ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्