कोरोना नियन्त्रणमा देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली



न्युज अफ नेपाल काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन् ।

बालुवाटारमा आज बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीहरुमाँझ मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारेका हुन । ‘हट्स्पट भएका ठाउँहरूमा लकडाउन हुन सक्ने भए पनि देशव्यापीरूपमा लकडाउन नहुने एमालेको केन्द्रीय समिति बैठकले कोरोना संक्रमण रोकथामका लागि सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए।

उनले अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकोले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई बिस्तार गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको बताए। विदेशबाट आउनेहरुलाई क्वारेन्टिनम राख्न स्थानीय तहहरुसँग पहल गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्