ज्यानलाईभो खतरा



कलाकार, फिल्म निर्माता तथा गायक विक्रम जंग शाहको नयाँ गीत ज्यानलाई भो खतरा एक कार्यक्रम काबीच सार्वजनिक भएको छ।

लामो समयदेखि कला क्षेत्रमा सक्रिय शाहको प्रेमिल जोडीको भावना समेटिएको रोमान्टिक गीतमा शाहलाई गायिका अञ्जु पन्तले स्वरमा साथदिएकी छिन्। गीतमा लेखु सहयात्रीको शब्द, सुवास भुसालको संगीत र पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ। मुस्ताङको रमणीय स्थानमार्फा गाउँ र धुम्बाताल परिसरमा खिचिएको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रवीन्द्र रिमालको आकर्षक अभिनय रहेको छ। मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन रहेको गीतको भिडियोमा गोविन्द राईको नृत्य रहेको छ।

शुक्रबार सार्वजनिक भएको गीतबाट उत्साहित शाहनिकै मिहेनत गरेर दर्शकको लागि राम्रो कोसेली पस्किने कोशिस गरेको बताउँछन्। गीतको म्युजिक भिडियो रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने भरत रेग्मीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्