मेरो मन सार्वजनिक



गीतकार, संगीतकार तथा गायक पुष्पराज शाक्यको यो मन मेरो मनबोलको गीत शनिवार राजधानीमा आयोजित एक समारोहबीच म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

विभिन्न सामाजिक परिस्थितिका कारण अशान्तमनको प्रभावमा पनि मन शान्तहोस्, दृढ होस् भन्ने भावले गीत सिर्जना गरेको सर्जक पुष्पराजले बताए। प्रमुख अतिथिसिने पत्रकार एवं नेपाल भाषाका प्रथम म्युजिक भिडियो निर्देशकविजयरत्न असंबरेले म्युजिक भिडियो लोकार्पण गर्दै नेपालभाषामा धेरै गीत गाइसकेका कलाकार शाक्यको पहिलो नेपालीगीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताए। नेवाःपत्रकार राष्ट्रिय दबूका अध्यक्षएवं कलाकार सुरजवीर वज्राचार्यले सुन्दर गीतको माध्यमबाट प्रतिभा शाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भन्ने कामना गरे।

निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिकपक्षको तारिफ गरे। भूपेन्द्र वज्राचार्यको संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमावाद्यवादकहरू सिमरन महर्जन तथाआशिषवज्राचार्यको अभिनय रहेको छ। भिडियोको छायांकन, सम्पादनतथानिर्देशन अमर चित्रकारले गरेका छन्। कार्यक्रममा गीत तथा म्युजिक भिडियो निर्माणमा सघाएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्