नेपाल अफ्रिका फिल्म फेस्टिवलमा बियोन्सेको फूलबुट्टे सारी



अफ्रिक नगायिका बियोन्सेले राजधानीमा आयोजित एक कार्यक्रममा फुलबुट्टे सारीगीत गाएर सबैलाई रोमाञ्चित बनाएकी छिन्। विभिन्न भर्सनमा आएको यो गीत अफ्रिक नगायिका बियोन्सेले पनि गाएकी थिइन्। उनले गाएको भर्सन पनि लोक प्रिय भएको छ। राजधानीमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उनले यो गीत गाउँदा कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि सहभागी सबै रमाउन पुगेका हुन्।

फेस्टिवल गत शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरबाट शुरु भएको हो। कलेज अफ जर्ना लिज्म एन्ड मास कम्युनि सकेसनको आयोजनामा जारी महोत्सबको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शुभारम्भ गरे। मन्त्री ज्ञवालीले यस्ता महोत्सवले नेपाल अफ्रिकाको सम्बन्ध सधै राम्रो हुने बताए। यस्तो अवस्थामा पनि सामाजिक दूरी कायम गरेर नवौं वर्षदेखिको महोत्सवलाई निरन्तरता दिनु आयोजक संस्थाको सह्र्रानीय कार्य भएको मन्त्री ज्ञवालीले बताए। विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सव गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए। उनले नेपाली फिल्म निर्माताहरूको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दूतावासमार्फत अन्तर्राष्ट्रिय नेपाली फिल्म महोत्सव आयोजना गर्ने योजना बनाइरहेको पनि जनाए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले विदेशमा रहेका नेपाली दूतावास मार्फत चलचित्र महोत्सव गर्नेबारे आफूहरूले पहलगर्दै आएको जानकारी गराए।

अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नुपर्ने माग पनि उनले मन्त्रीसँग राखे। अफ्रिका र नेपाललाई सांस्कृतिक रूपमाजोड्न नै नियमित रूपमा महोत्सव गर्दै आएको आयोजक संस्थाकलेज अफजर्नालिज्मकीअध्यक्ष डा. मञ्जु मिश्रले बताइन्। सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले महोत्सवमा संस्थानले पनि सहकार्य गर्दै आएको बताए। महोत्सवमा आइतबार नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए। शुरूका दिनमा अफ्रिकन सिनेमा जुटाउन निकै गाह्रो भए पनि हाल निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको उनले बताए। महोत्सवमा यसपटक ८ नेपालीलामा छोटा फिल्म र ९ अफ्रिकन फिल्म सहभागी छन्। महोत्सवमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्नलोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते। महोत्सवका लागि चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, अभिनेता प्रदीप बास्तोला र गायिका एवम् सञ्चारकर्मी सरिता भारती लगायतको निर्णायक समूहले नेपाली फिल्म चयन गरेको थियो।

महोत्सवमा सहभागी १५ मध्ये शुक्रबार पाँच फिल्म प्रदर्शन गरियो। शुक्रबार जिम्बाबेको फिल्मगुड म्यान, इजिप्टको बबल्स र ड्राई हट समर, नामिबियाएवम् ब्राजिलको फिल्मगेम र नेपालको आमा प्रदर्शन गरिएको थियो। शनिबार माधवराज खरेलको फिल्म दुर्गामाण्डु, गणेशजंग रावलको समस्या, सजललोप्चनको गाइड र पुरुषोत्तम बस्नेतको सुरक्षा प्रदर्शन गरिएको थियो। महोत्सव आज आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्