पन्जाबको जारी आईपीएलमा दोस्रो जित



नयाँ दिल्ली, एजेन्सी 

पन्जाब किंग्सले जारी आईपीएलमा दोस्रो जित हासिल गरेको छ । पन्जाब किंग्सले मुम्बइ इन्डियन्सलाई ९ विकेटले हराएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले अर्धशतक बनाएर जित दिलाएका थिए । नटआउट रहेका उनले ६० रन जोडेका थिए । उनले सबैभन्दा अर्धशतक बनाउने मामिलामा महेन्द्रसिंह धोनीलाई पनि पछि पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । टिमका लागि कप्तान रोहित शर्माले ५१ बलमा ६३ रनको योगदान दिए । यस्तै सूर्यकुमार यादवले ३३ रन जोडेका थिए । पन्जाबको तर्फबाट मोहम्मद शामी र रवि विश्नोइले २–२ विकेट लिएका थिए । डिफेन्डिङ च्याम्पियन मुम्बइले ५ खेलमा ३ मा हार बेहोरेको छ ।जवाफमा पन्जाबले १७।४ ओभरमा १ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएर जित हात पारेको थियो । कप्तान राहुलले अर्धशतक बनाए भने क्रिस गेलले नटआउट रहेर ३५ बलमा ४३ रन जोडेका थिए । मायंक अग्रवालले २० बलमा २५ रन बनाएका थिए । पन्जाबको पतन भएको एक मात्र विकेट राहुल चाहरले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्