कोरोना रिपोर्ट बिना भारतको धारचुला प्रवेशमा रोक



न्युज अफ नेपाल, दार्चुला ।

७२ घण्टा अर्थात ३ दिनको कोरोना नभएको रिपोर्ट देखाए पछि मात्रै अब देखी भारत प्रवेश गर्न पाइने भएको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धारचुला तहशिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवत जावत गर्ने व्यक्तीको ७२ घण्टाको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको छ ।

तहशिल धारचुलाले पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सुचना टाँस गरेको छ । आइतबार (भोली) बाट पुलमा आवत जावत गर्ने व्यक्तीले आफुमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै आवत जावत गर्न पाउने नियम लागु गरिएको छ । यस अघि भारतको धारचुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टीएपछि दिउसो २ बजे देखी साझ ५ बजे सम्म बजार बन्द हुँदै आएको थियो ।

यसैबिच आइतबार ९भोली० बाट विहानै देखी धारचुला बजारका सबै पसलहरु बन्द गरिने भएका छन् । बाहिरी राज्यबाट उत्तराखण्ड राज्यमा मानिसहरुको बढी आवत जावत हुन थालेपछि त्याहाको सरकारले कोरोना रिपोर्ट अनिवार्य गरेको बुझिएको छ । धारचुला बजारका अत्यावश्यक ९मेडिकल र अस्पताल० हरु मात्रै खुल्ला रहने जनाएको छ । कोरोनाको नयाँ भेरियन्टले मानिसहरुको मृत्यु बढी हुन थालेपछि सरकारले सिमानाकामा कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्