उपाध्यक्षको उपचारका लागि मन्त्री आलेको ३० हजार सहयोग



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु तीस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका उपाध्यक्ष साउदको उपचारमा सहयोग पु-याउने उदेश्यले मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको हो । साउदको नर्भिक अस्पतालमा पेटको शाल्यक्रिया गरिएको छ ।

मन्त्री आलेले आज शुक्रबार उक्त अस्पतालमै पुगेर उपाध्यक्ष साउदलाई आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी निुभयो । पछिल्लो समय बिरामीलाई आर्थिक सहयोग गर्ने सुदूरपश्चिम प्रदेशका एक मात्रै नेता तथा मन्त्रीका रुपमा चिनिदै चिनिदै आउनु भएको छ ।

मन्त्री आलेले अहिले सम्म देशै भरीका कम्तिमा पनि एक हजार भन्दा बढी नागरिकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरी सक्नु भएको बताइएको छ । बिरामी भएर उपचारका लागि काठमाडौँ आउने अधिकाँस बिरामीहरु मन्त्री आलेलाई सहयोगका लागि आग्रह गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्