चुरोट कम्पनीको ५ करोड सहयोगमा बाल अस्पताल निर्माण गर्दै डा. कोइराला



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माणमा नेपाली चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गर्ने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको सो अस्पताललाई सूर्य नेपालले ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो ।

यस सम्बन्धि किओचका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य नेपालका उपाध्यक्ष रबि केसीबीच सम्झौता हुने छ । यस्तै, अस्पताल भवनमा सूर्य नेपालको सहयोगमा निर्माण गरिएको भनेर सिलापत्र राखिने बताइएको छ ।

तर, कानुन अनुसार सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ऐन २०६८ को दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्था छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ को १ ले सरकारी वा गैरसकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना तथा अन्य कुनै पनि प्रकारको काममा सुर्तीजन्य उत्पादक कम्पनिले सहयोग प्रदान गर्न पाउने छैनन् ।

त्यस्तै, विभिन्न संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी चुरोट कम्पनीबाट आर्थिक सहयोग लिएर बाल अस्पताल बनाउने डा कोइरालाको योजना कानूनविपरित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्