रियलको सहज जित



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको रियल मेड्रिडले सहज जित आत्मसात गरेको छ ।बुधबार राति भएको लिगको ३२औं साताको खेलमा रियलले क्याडिजलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले सहजै हराएको हो । अवे मैदानमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । उनले टिमका लागि दुई गोल र एक असिस्ट योगदान गरे । यसअघि भएको सिजनको पहिलो खेलमा भने रियल क्याडिजसाग आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको थियो । तर, दोस्रो लेगमा रियलले क्याडिजसाग उक्त हारको बदला लिन सफल भयो ।

रियलले खेलको ३०औं पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । सो गोल बेन्जेमाले गरेका थिए । त्यसको तीन मिनेटमै युवा खेलाडी अल्भारो ओड्रिओजोलाले गोल गरेर रियलको अग्रता दोब्बर बनाए । उनको गोलमा बेन्जेमाले पास दिएका थिए । त्यसपछि रियलले तेस्रो गोल खेलको ४०औं मिनेटमा ग¥यो । यसपटक पहिलो गोल गरेका र दोस्रो गोलमा पनि असिस्ट गरेका बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे ।

उनको गोलमा कासेमिरोले पास दिएका थिए । यो जितपछि रियलले ३२ खेलबाट ७० अंक जोडेको छ ।बुधबार राति नै सेभियाले पनि लेभान्टेमाथि १–० को जित निकाल्दै अंक तालिकमा सुधार गरेको छ । जितपछि सेभियाको ३२ खेलपछि ६७ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्