चेन्नईसाग कोलकाता पराजित



नयाादिल्ली, (एजेन्सी) । 

आईपीएल २०२१ सिजनको १५औं खेलमा चेन्नई सुपरकिंग्सले कोलकाता नाइट राइडर्सलाई रोमाञ्चक खेलमा १८ रनले हराएको छ ।
गएको सिजनमा अंक तालिकाको सातौं स्थानमा रहेको चेन्नईको यो सिजनमा लगातार तेस्रो जित हो । टिमलाई जित दिलाउन ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले शानदार ब्याटिङ गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७४ बलमै १ सय १५ रन जोडे । उक्त साझेदारीले चेन्नईले २ सय रन पार गर्न सफल भएको थियो । यी जोडीले १५ चौका र ८ छक्का प्रहार गरेका थिए ।

चेन्नईले दिएको २ सय २१ रन लक्ष्यमा पुग्न उत्रेको कोलकाता २ सय २ रनमा अलआउट भएको थियो । कोलकाताको ब्याटिङलाई चेन्नईका बलर दीपक चाहर र लुंगी एन्गीडीले धराशायी पारेका थिए । उनीहरूले पहिलो ६ ओभरमै कोलकाताको आधा टिम पभेलियन फर्काएका थिए । कोलकाताले ३१ रनमै ५ विकेट गुमाएको थियो ।कोलकाताका ओपनर शुभमन गिल एक बल खेलेर शून्यमै पभेलियन फर्केका थिए । उनलाई चाहरले आउट गरेका थिए । यसपछि पावर प्लेमा चाहरले नीतिश राणा, आयन मोर्गान र सुनील नारानलाई आउट गरेर कोलकातालाई पछि पारेका थिए । पावर प्लेमै एन्गीडीले कोलकातालाई पााचांै झटका दिएका थिए ।त्यसो त आन्द्रे रसेल र पेट कमिन्सले ५६ बलमा १ सय २० रन जोडे । तर उनीहरूले टिमलाई जित दिलाउन सकेनन् । रसेलले २२ बलमा ५४ रन र कमिन्सले ३४ बलमा ६६ रन बनाएका थिए । साम करनले रसेललाई बोल्ड गरेका थिए । कमिन्स भने नटआउट रहेका थिए । यस्तै, दिनेश कार्तिकले ४० रनको योगदान दिए । चेन्नईका बलरमा चाहरले ४ विकेट लिए भने एन्गीडीले ३ विकेट हात पारेका थिए ।

यसअघि, चेन्नाईले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । ओपनर ऋतुराजले आईपीएलमा आफ्नो चौथो र डु प्लेसिसले १७औं अर्धशतक प्रहार गरे । डु प्लेसिसले ६० बलमा ९५ रन बनाए भने ऋतुराजले ४२ बलमा ६४ रन जोडेका थिए । यो सिजनमा दुबैको पहिलो अर्धशतक पनि हो ।तेस्रो नम्बरमा ब्याटिङमा आएका मोइन अलीले १२ बलमा २५ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाएका थिए । चेन्नईले अन्तिम ४ ओभरमा ७६ रन बटुलेको थियो । यो नै टिमलाई जित दिलाउन कारक बनेको थियो । कोलकाताका बलरमा वरुण चक्रवर्ती र सुनील नारायणले १–१ विकेट लिएका थिए । कमिन्स भने ४ ओभरमा ५८ रन खर्चेर विकेटविहीन हुादै महागो बलर साबित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्