नेपालद्वारा मलेसिया ६९ रनले पराजित



नेपालले जारी ‘थ्री नेसन्स टी २० क्रिकेट सिरिज’अन्तर्गत अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।
यो जितसागै नेपाल समूह विजेता बनेको छ । नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । त्यस्तै, नेदरल्यान्डस्को ४ अंकसागै उपविजेता बनेको छ । मलेसियाको भने ४ खेलबाट १ अंक मात्रै रह्यो । शनिबार हुने फाइनलमा नेपालको सामना नेदरल्यान्डसाग हुनेछ । यी दुवै टिमले एक अर्कासाग १ जित र १ हार बेहोरेका छन् ।बिहीबार भएको खेलमा नेपालले २ सय १८ रनको विशाल लक्ष्य दिएको थियो ।

यसको जवाफमा मलेसिया १९.१ ओभरमा १ सय ४८ रन जोडेर अल आउट भयो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रन बनाए पनि जित दिलाउन सकेनन् । यस्तै, कप्तान अहमद फाइजले ३१, विरनदीप सिंहले १३, एफटी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।नेपालको तर्फबाट टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट हात पारेका थिए । सुसन भारीको नाममा १ विकेट रह्यो ।यसअघि, करन केसीले आक्रमक ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । नेपालले टि–२० मा बनाएको यो दोस्रो सर्वाधिक स्कोर हो । १३औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बरमा ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्का मद्दतमा ४५ रन बनाएका थिए ।

अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले कुशल आउट भए पनि इन्ड राम्ररी सम्हाले । उनले कप्तान ज्ञानेन्द्र मल्लसाग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।तर, १२औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पााचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्ति नै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्रसिंह ऐरी १७ बलमा ५ चौका र १ छक्कासहित ३३, विनोद भण्डारी ८ र कुशल मल्ल १९ रनमा आउट भए । मलेसिया फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्