भलिबलमा सेमिफाइनलको समीकरण पूरा



नेपाल समाचारपत्र, काठमाडौं । 

भोटेकोसी गाउापालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ ।न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका छन् । शुक्रबार हुने सेमिफाइनल खेलमा न्यु डायमन्डको सामना पुलिसले गर्नेछ भने आर्मीले एपीएफसाग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई ३–० को सोझो सेटमा हराउादै समूह ए बाट उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । आर्मीले सहज जित निकाल्ने क्रममा ढोरपाटनलाई २५–१०,२५–८ र २५–१२ ले स्तब्ध बनाएको थियो ।आर्मीको जितमा उच्च प्रदर्शन गरेकी सुनीता खड्का ‘प्लेयर अफ दि म्याच’को उपाधि जितिन् । उनले नगद २ हजार र आकर्षक ट्रफी हात पारिन् । दोश्रो प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसलाई २२–२५,२५–२१,२५–२१ र २५–१५ को सेटमा हराउादै समूह विजेताको रूपमा सेमिफाइनल स्थान बनाउादा पुलिस पनि उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफको जितमा उच्च प्रदर्शन गरेकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।

लिग चरणको अन्तिम खेलमा न्यु डायमन्डले आफना युवा खेलाडीलाई अवसर दिएको थियो । प्रशिक्षक कुमार राईले दोश्रो रोजाइका पााच जना खेलाडी ढोरपाटनविरुद्ध उतारेका थिए । युवा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि डायमन्डले ढोरपाटनमाथि २५–१२,२५–१२ र २५–१२ को सहज जित निकाल्यो । ढोरपाटनविरुद्ध डायमन्डकी पनामिका राई ‘प्लेयर अफ दि म्याच’ चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले २ हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्