२५ रुपियाँमा कोका–कोला १७५ एमएलको बोतलमा



काठमाडौं, नेस । 

कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल ल्याएको छ । २५ रुपियाँ मूल्य पर्ने नयाँ ग्लासको बोतल नेपाली उपभोक्ताका लागि डिजाइन गरिएको हो । नयाँ बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा उपभोक्तासँग गहिरो सम्बन्ध निर्माण गर्ने कम्पनीको विश्वास छ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी रिटर्नेबल ग्लास बोतल नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताको चाहानाअनुरुप कोकाकोलाले नयाँ पेयपदार्थ बोतल र प्याकेज उपलब्ध गराउँदै आएको छ । आरजीबी बोतलहरु रियुजेबल बोतल हुन् । यिनीहरुले वातावरणमैत्री हुन । साथै गिलास प्याकेजिङले गर्दा कोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ । यो काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलमा उपलब्ध छन्।नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भन्नुभयो–‘सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौं ।

नयाँ बोतलको लन्चले उपभोक्तालाई मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभइ दिगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको छ ।’ त्यस्तै बोतलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो–‘किफायतीे मूल्यबाहेक हामी हाम्रा उपभोक्ताको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौं ।’ यो नेपालीउपभोक्ताको लागि निकै विशेष रहने छ किनकियसमा कोका–कोलाको लोगो नेपालीभाषामा छापिएको छ । २५ रुपियाँमा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौंभरका किराना पसलमा उपलब्ध रहेको छ । ’

प्रतिक्रिया दिनुहोस्