कैलालीमा ७ कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार



न्युज अफ नेपाल, काठमाडौं ।

भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन् । उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एम्बुलेन्सबाट पठाउने क्रममा भागेका हुन् । हाल उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरु स्थानीय जंगलतर्फ भागेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्