कुकर्नी र प्रहरीबीचको अमर प्रेम



क्लिभल्यान्ड, (एजेन्सी)

अमेरिकाको ओहाइयो राज्यको एकजना प्रहरी र उनको सेवाकालमा उनलाई सघाउने तालिम प्राप्त कुकुर्नी बिचको माया प्रेम अमर बनेको छ । लामो समय देखि एक आपसमा नछुटेका अवकाश प्राप्त गिउगा काउन्टिका ६७ वर्षिय प्रहरी अधिकारी ड्यान म्याक्लेल्यान्ड र १६ वर्षिय मिडज नामक कुकुर्नीको बुधवार एकैदिन मृत्यु भएको छ । मिडजले अपराध अनुसन्धान कार्यमा सघाउने गरेको थियो ।

लामो समय देखि क्यान्सरसंग लड्दै आएका म्याक्लेल्यान्डको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । आफ्नो मालिकको मृत्यु भएको केहि घन्टापछि मिडजको पनि घरमा मृत्यु भएको थियो । संभवत उनको वियोगको पिडाको कारण मृत्यु भएको हुनुपर्ने अनुमान गरिएको छ ।

क्लिभल्यान्डको पुर्वी भागमा रहेको अर्ध ग्रामिण काउन्टिमा लगातार कूल ४४ वर्ष सम्म प्रहरी सेवा गरेका म्याक्लेल्यान्डले सन् २०१६को उत्तरार्धमा अवकाश पाएका थिए । उनले चिहुआहुआ – ¥याट टेरियर प्रजातीका मिडजसंग एक दशक काम गरेका थिए । सन् २००६ मा विश्वक ैसबैभन्दा सानो प्रहरी कुकुरको कितिर्मान राख्दै वल्र्ड गिनिज बुकमा नाम लेखाउन सफल भएको थियो । उनी र मिडजलाई गेउगा काउन्टिका वासिन्दाले संधै संगै देख्ने गर्दथे । अफिसमा पनि म्याक्लेल्यान्डको डेस्क नजिक राखिएको कुकुरको खाटमा मिडज पल्टिरहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्