ट्रकको ठक्करबाट महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त



न्युज अफ नेपाल, भद्रपुर ।

झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि चाराआली –चन्द्रगढी सडक खण्ड तनावग्रस्त बनेको छ । चाराआली चन्द्रगढी सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयको सडकमा ट्रकले सीटी सफारीलाइ ठक्कर दिदा सिटी सफारीमा सवार भद्रपुर ९ की ७५ बर्षीया गायत्री देवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएपछि सो क्षेत्र तनवग्रस्त वनेको हो ।

चन्द्रगढ पर्यटकीय क्षेत्रबाट चारआली तर्फ जादै गरेको मे १ क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई विहीबार विहान साढे ९ बजे ठक्कर दिँदा प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी काउर्यालयका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

घट्ना पश्चात उत्पन्न विवाद सहमति हुन नसक्दा घटनास्थलमा सशस्त्र र जनपथ प्रहरी उल्लेखिय सङ्ख्यामा परिचालन गरिएको छ । मृतकका आफन्तजन र स्थानीयले मेची राजमार्ग अन्तरगतको चाराआली चन्द्रगढी सडक खण्ड अवरोध गरेर विरोध प्रदर्शन गरेका थिए । प्याकुरेललाइ जिल्लाबाट इन्सपेक्टर जीपी तिम्सिनाको नेतृत्वमा आएको प्रहरी टोलीले स्थलगत मुचुल्का नगरी त्रिपालमा पोको पारेर लगेको मृतककी बुहारी मार्था प्याकुरेलले आरोप लगाउँनुभएको छ ।

आदेश दिनेको नाम सार्वजनिक हुनुपर्ने र इन्सपेक्टरलाइ कारबाही हुनुपर्ने उहाँको माग छ । घट्नापछि पीडित परिवारसहित स्थानीयले वडा नम्बर ९ को कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा बोदार्थ दिएर निवेदन दर्ता गराएको आफन्त चक्र फुयलले बताउँनुभयो । इन्सपेक्टरले माथिको आदेश भन्दै नियमविपरीत लास लगेकोमा उद्योगीहरुको दवाव हुनसक्ने उहाँको भनाइ छ । घट्ना ढाकछोप गर्न प्रहरी लागि परेकाले सत्यथ्य बाहिर नल्याएसम्म परिवारले शव नवुझ्ने स्थानीयले जनाएका छन् ।

सार्वजनिक मुचुल्का नउठाइ शव प्रहरीले लैजानु गलत भएको वडा नम्बर ९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर दाहालले बताउँनुभयो । घट्नाको विषयमा सत्य तथ्य बाहिर आउनु पर्ने उहाँको भनाइ छ । मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि देउनीया खोला गइरहेकी थिइन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्लाष्टिक उद्योगको रहेको प्रहरीले जनाएको छ । पानीको ट्याङकी लोड गरिएको ट्रक चाराआलीतर्फ गइरहेको थियो

प्रतिक्रिया दिनुहोस्