ओलीसँग भेटेपछि माधव नेपालले भने, ‘ब्याक टु मंगलमान !’



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच को भेटवार्ता सम्पन्न भएका छ। डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।

बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए ।

यद्यपि छलफलमा कुनै प्रगति नभएको माधव नेपालको प्रतिक्रिया छ । वार्ता सकिए लगत्तै म्यारिएट होटलबाटै प्रतिक्रिया दिँदै नेता नेपालले ब्याक टु मंगलमान अर्थात् घुमीफिरी रुम्जाटार भएको बताएका छन् । दुवै नेताबीच दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्