टिकटकसँग अर्बौं डलरको क्षतिपूर्ति माग



लन्डन, (एजेन्सी) । 

अहिले विश्भरि तहल्का मच्चाइरहेको अत्यन्तै लोकप्रिय एप टिकटक विरुद्ध अर्बौं अमेरिकी डलर बराबराको क्षतिपूर्तिको माग राख्दै मुद्दा दायर भएको छ । बालबालिकाका लागि पूर्व कमिस्नर इङल्यान्ड एन्ने लंगफिल्डले टिकटकले बालबालिकालाई डाटा प्रयोग गर्न लगाएर पैसा संकलन गरिरहेको विरुद्ध यो कदम चालेकी हुन् ।

संयुक्त अधिराज्य र युरोपेली संघ (इयु) का करोडौं बालबालिकाको तर्फबाट भिडियो सेरिङ एप टिकटक विरुद्ध क्षतिपूर्ति माग गर्दै यो मुद्दा दायर गरिएको हो । यदि यो मुद्दा सफल भएको खण्डमा यसबाट प्रभावित प्रत्येक बालबालिकाले जनही हजारौं पाउन्ड पाउनेछन् । तर, टिकटकले भने यसलाई ताइ न तुइको बेकारका मुद्दाको संज्ञा दिँदै यस मुद्दा विरद्ध डटेर लड्ने बताएको छ

।यस मुद्दाको सिलसिलामा वकिलहरूले कानुनअनुसार आवश्यक पर्ने अनुमति, यथेष्ट चेतावनी र पारदर्शी बिना टिकटकले बालबालिकाहरूको निजी सूचनालगायत फोन नम्बर, भिडियो, वास्तविक स्थान, वायोमेट्रिक तथ्यांक संकलन गरिहेको र बालबालिका तथा तिनीहरूका अभिभावकहरूसमेतलाई ती संकलित सूचनालाई के गरिन्छ भन्ने जानकारी नै नदिने गरिएको आरोप लगाउने भएका छन् ।टिकटकको विश्वभरि ८० करोड भन्दाबढी प्रयोगकर्ता छन् । यसको माउ कम्पनी बाइटड्यान्सले गतवर्ष अर्बौं डलर कमाएको थियो । अधिकांश आम्दानी विज्ञापन राजश्व संकलनबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्