रेस्टुरेन्टमा प्रेमिकाको गोली हानी हत्या



क्यान्टोन, (एजेन्सी) । 

अमेरिकाको ओहाइयो राज्यका प्रहरलिे शुक्रबार बिहान अचानक बोब इभान्स रेस्टुरेन्टमा प्रवेश गरेर एक जना वेट्रेसको गोली हानेर हत्या गर्ने एक पुरुषलाई गिरफ्तार गरिएको जनाएको छ । स्थानीय समयअनुसार बिहान करिब साढे नौ बजे क्यान्टोनस्थित रूट ६२ नजिकको बोब इभान्समा थुप्रै व्यक्तिलाई गोली हानिएको भन्दै स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

तर, घटनास्थलमा पुगेका प्रहरीले रेवेका जिन रोजर्स नामक एक महिलालाई मात्र आक्रमण गरिएको पाएको थियो ।क्यान्टोन निवासी ती वेट्रेस त्यतिबेला खान खान आएका १२ जना ग्राहकलाई खानाको व्यवस्था गर्न व्यस्त रहेकी थिइन् । गोली चल्न थालेपछि ग्राहकहरू टेवुलमुनि लुकेको क्यान्टोन प्रहरी प्रमुख ज्याक एन्जेलोले बताएका छन् । प्रहरीले रेस्टुरेन्टको हल जाने बाटोमा रोजर्सलाई थुप्रै गोली लागेर पीडाले छटपटाइरहेको अवस्थामा फेला पारेको थियो ।

तत्काल नजिकको अस्पताल पु-याइएका उनलाई मृत घोषित गरिएको थियो ।एन्जेलाले गुप्तचर अधिकारीहरूले गोली हान्ने व्यक्ति रिचर्ड जेम्स नेल्सन नामक व्यक्ति भएको पत्ता लगाएको बताएका छन् । ती ५४ वर्षीय आक्रमणकारी राजेर्सको पूर्वप्रेमी भएको पनि पत्ता लागेको छ । हत्याको उद्देश्यबारे छानविन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्