गैर आवासिय नेपाली संघ न्युयोर्क च्याप्टरमा गुल्मिका शाहको उमेद्धवारी



काठमाडौं । गैर आवासीय  नेपाली संघ अमेरिकाको न्युयोर्क राज्यको सचिव पदमा युवा समाजसेवी तथा चलचित्रकर्मी रेशम जंग शाहले  शाहले उमेद्धवारी दर्ता गराएका छन्।  नेपाल रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्य गरेका शाह पेशाले कृषिकर्मी तथा चलचित्रकर्मी समेत हुन्।

सन् २०१८ मा पारिवारिक आप्राबासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छन् भने उनी नेपालीहरूको बाक्लो बसाइ खोज्दै न्युयोर्कमा बस्दै आएका छन्। अध्यक्ष पदको दावेदार रहेपनि गैरआवासिय नेपाली संघको बिधान बमोजिम एक कार्यकालमा कुनै पदमा सेवा गर्नु पर्ने बाध्यात्मककारी नियमले गर्दा शाहले २०२१/२०२३ कार्यकालको लागि सचिव पदमा आफ्नो उमेद्धवारी दिएका हुन्।ठकुरीहरूको बिस्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाह संग युएनडिपीको एचाईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव छ।

२०७२ को महा भुकम्पमा पनि शाहले नेतृत्वदायी भूकिमा निर्वाह गर्दै राहात, उद्दार तथा पुनर्वाबासका कार्यहरू गरेका थिए। जस अन्तर्गत काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ् र मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माणको कार्य शाहकै नेतृत्वमा भएको थियो। गोरखा, लमजुंग, तनहु र नुवाकोटमा समेत उनको नेतृत्वमा भुकम्प पीडितहरूका लागि तत्काल राहात सामग्री उपलब्ध गराईएको थियो।नेपालमा कृषी पेशामा समेत सक्रिय शाह दरबार कृषि तथा पशुपंक्षी फार्मका प्रमुख संचालक समेत हुन्। उनको कृषि फर्म गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालिकामा रहेको छ ।अमेरिकामा भने भर्खर मात्र बसोबास थालेका शाहले नेपाली कला सस्कृतीको संरक्षण तथा लुकेका श्रीजनाहरूको प्रस्पोठनको लागी अमेरिकामा नेपाली टेलिसिरियल बनाउने योजनामा छन्। उनी एक सफल चलचित्रकर्मी भएको कारण पनि यो योजना बुनेका हुन्। आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेन संग उनले चलचित्र प्रेम गीतका सेरिज तथा चंखे, शंखे, पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार व्यवस्थापकको कार्य गर्दै आएका छन्।

चलचित्र प्रेम गीत ३ हिन्दी भाषामा भारतमा समेत प्रदर्शनको तयारीमा छ।केही नया योजना लिएर गैर आवासिय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्ने दाउमा रहेका शाहलाई विस्वका नेपालीहरूले आशाको नजरले हेरेका छन्। बिसेष त उनले संघ सस्थाको बिकृती बिरुद्द खुलेर आवाज उठाउन सक्ने क्षमता राख्ने हुदा धेरैको आशा त्यसैमा छ र उनले विदेशमा बस्ने नेपालीका सन्ततीको सस्कार र गैर आवासिय नेपालीहरूको नेपालमा राजनैतिक, ब्यबसायिक र सम्पतीको हकको लागि उनको उमेद्द्वारी रहेको बौद्दिक वर्गहरूले आकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्