लक्ष्मी बैंकको नयाँ शाखा सिन्धुलीको रामटारमा



काठमाडौं, नेस । 

लक्ष्मी बैंकले आफ्नो १२९औं शाखा सिन्धुलीको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीयआवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखासहित बैंकको संजाल ४८ जिल्लामा १२९शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्