मेगा बैंक र तयारी पोशाक उत्पादन तथा बिक्रेताबीच सम्झौता



काठमाडौं, नेस । 

मेगा बैंक नेपालले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका वरिष्ठ उपाध्यक्ष शान्तमणि रेग्मीले हस्ताक्षर गर्नुभयो । मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघसँग आबद्ध उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीलाई बैंकको नजिकको शाखा कार्यालयमार्फत् छिटो छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकाले मेगासँग सहकार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्