अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । वार्तापछि नेता द्व नागपोखरीस्थित मेरियट होटलबाट बाहिरिएका छन् । उनीहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्