थापा बने सर्वोत्कृष्ट प्रदेश प्रहरी



न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत् प्रहरी निरीक्षक रोशन थापा सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा हुनुभएको छ । प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यरत् प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादन स्तरमा प्रभावकारिता एवम् हौसला प्रदान गर्ने उद्धेश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०७७’ मा उल्लेखित व्यबस्थाअनुसार चैतको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा प्रनि थापालाई घोषणा गरिएको हो ।

प्रहरी निरीक्षक थापाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीयढंगबाट सम्पादन गर्दै कार्यालयबाट सञ्चालन गरिएको टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, सञ्चालनलगायत कार्यमा नियमित खटिएर उत्कृष्ट श्रव्यदृष्य सामग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माणलगायत प्रदेशअन्तर्गत् २२ भन्दा बढी रेडियो स्टेसनबाट पाक्षिकरुपमा प्रसारण व्यबस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रदेश प्रहरीले खुशी व्यक्त गरेको प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।

प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखबीचको कार्यसम्पादन सम्झौताको मासिक प्रगति विवरण मूल्यांकन गर्ने कार्यमा अहम् जिम्मेवारी निर्वाह गरेको, संगठन प्रमुख र प्रदेश प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता एवम् नेपाल प्रहरीको वार्षिक कार्ययोजनामा समेटिएका योजना/क्रियाकलाप नियमित सञ्चालन तथा सम्पादित कार्यको समुचित व्यबस्थापन, प्रदेश प्रहरीअन्तर्गत् कार्यालयको कार्यसम्पादनलाई योजनावद्ध बनाउने लक्ष्यअनुरुप योजना, कार्ययोजना, कार्यविधि, अवधारणापत्र तथा मापदण्ड तयार गर्नेतर्फ प्रनि थापाले उत्कृष्ट भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

प्रदेश प्रहरी कार्यालयमा नवनिर्मित बहुउद्धेश्यीय भवनलगायत संरचना स्थापनाका लागि स्रोतसाधन व्यबस्थापनतर्फ व्यबस्थापकीय भूमिका निर्वाह गरेको हु“दा उहाँबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै थापालाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रबउ चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्