मन्त्री आले भर्चुअल मिटिङमा सहभागी



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले अमेरीकाका राष्ट्रिपति जो वाइडेनका बिशेष जलवायु दुत जोनकेरी द्धारा आयोजित जलवायु परिर्वतन सम्बन्धि मन्त्री स्तरीय भर्चुअल मिटिङमा आज बुधबार सहभागि हुनु भएको छ । बिभिन्न ५० वटा देशका मन्त्री सहभागि रहेको उक्त जलवायु परिर्वतन सम्बन्धि भर्चुअल मिटिङमा मन्त्री आलेले सन् २०१५ मा भएको पेरिस सम्झौतामा अमेरीका सरकार पुनः जोडिएको प्रति राष्ट्रिपति जो वाइडेन तथा अमेरीकी सरकारलाई धन्यबाद व्यक्त गर्नुभयो ।

उक्त मिटिङमा नेपालको तर्फबाट बोल्नु हुँदै मन्त्री आलेले जलवायु परिर्वतन मावन सभ्यताकै ठूलो चुनौती भएको औल्याउनु हुँदै नेपाल यसबाट अत्यन्त जोखिम रहेको कुरा व्यक्त गर्नुभयो । जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपाल पूर्ण रुपले प्रतिबद्ध रहेको बताउनु हुँदै मन्त्री आलेले पेरिस सम्झौताको प्रतिबद्धता अनुरुप नेपाल सरकारले दोस्रो राष्ट्रिय प्रतिबद्ध योगदान प्रतिबेदन २०२० पेश गरेको स्मरण गर्नुभयो ।

मन्त्री आलेले उक्त कार्यक्रममा नेपाल राष्ट्रिय अनुकुलन योजना अनुसार अगाडी बढेको जनाउनु हुँदै जलवायु परिर्वतनको दीर्घकालिन रणनिती तयार गरीरहेको समेत जानकारी गराउनु भयो । आगामी दिनमा नेपालका ७५३ वटै स्थानीय तहमा लैङगित उत्तरदायी एवम जलवायु समानुकुलित अनुकुलन योजना लागु गर्ने तयारीमा रहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपालले वातावरणमैत्री सवारी साधन, न्यन कारर्वन बिद्युतीकरण, रेडप्लस लगायतका कार्यक्रममा लगानी तथा जलवायु मैत्री कृषि प्रबिधिमा जोड दिएको र आगामी दिनमा यसलाई थप प्रोत्साहन गर्ने बताउनुभयो । नेपाल जस्तो मुलुकले जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न धेरै काम गरेको र निती गत व्यवस्थामा अग्रपंक्तिमा भएपनि नितीगत योजनाहरुको कार्यान्वयनमा आवश्यक मात्रामा बित्त अभाबको कारण समस्या झेल्नु परेको बताउनुभयो ।

सोही कार्यक्रममा मन्त्री आलेले नेपालले बित्त अभाबका कारण झेल्नु परेका समस्याका बिषयको सम्बनोधन गर्नका लागि अन्तराष्ट्रिय सहयोगका लागि आह्वान समेत गर्नुभयो । अन्तमा मन्त्री आलेले आगामी जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनमा आजको छलफल तथा अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने आशा राख्नु हुँदै अमेरीकी सरकारलाई मन्त्री स्तरीय सम्मेलनका लागि धन्नेबाद समेत ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्