पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलदे जनाएको छ ।

यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्