अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने सर्वोच्चको आदेश



न्युज अफ नेपाल , काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेसनसम्बन्धी नियम बदर गरिदिएको हो।

बुधबारको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावलीको नियम ३० बदर गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली, २०५९ को नियम ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ३०४८ को दफा ३७ लगायत सिद्धान्तसँग बाझिएको ठहर गरेको छअख्तियारले गर्ने स्टिङ अपरेसनविरुद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित संलग्न संवैधानिक इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो।

प्रतिक्रिया दिनुहोस्