भालुपहाडमा राष्ट्रिय झण्डा



अमृत अर्याल, स्याङ्जा ।

जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र भालु पहाडमा ब्यवस्थित तरिकाले नेपालको राष्ट्रिय झण्डा राखिएको छ । स्याङ्जाको पर्यटकीय तथा रमणीय स्थलमा बाँस र काठका लौरामा अब्यवस्थित तरिकाले राखिएको राष्ट्रिय झण्डा भन्दै सामाजिक संजालमा बिभिन्न खालका टिका टिप्पणी प्रकाशित भएपछि सांसद भागवतप्रकाश मल्लले नेपालको राष्ट्रिय झण्डा राख्ने ब्यवस्था मिलाउनु भएको हो ।

सांसद मल्लको आर्थिक सहयोगमा नेपाल बिद्यार्थी संघ क्षेत्रीय समितिले पहाडको घुम्ति माथिको अग्लो भागमा झण्डा राखेको छ । स्याङ्जाको पर्यटकीय पहिचान बोकेको स्थलमा झण्डा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने उदेश्यले उचित ब्यवस्थापन सहित नयाँ झण्डा राखिएको गण्डकी प्रदेशसभा सदस्य मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रीय सभापति बिज्ञान भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पस स्ववियू सभापति सुनिलबाबु चापागाई, नगर सभापति सबिन रेग्मी, बिद्यार्थी नेताहरु मौसम गुरुङ र गोपी सुवेदी लगायतले रमणीय स्थल भालु पहाडको उच्च स्थलमा राखिएको राष्ट्रिय झण्डाले त्यस क्षेत्रको सौन्दर्यता र गरिमा बढाउनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्